आज विश्व किताव दिवसको अवसरमा म मलाइ मन पर्ने केहि विदेशी लेखकका बारे कुरा गर्छु। मलाइ सबैभन्दा मन पर्ने लेखक चाइ जोन स्टाइन्बेक। उनका सबै किताव उत्क्रिस्ट लाग्छन तर ट्राभल्स विथ चार्ली सबै भन्दा मन पर्छ।
धेरैले क्यानारी रो सिरिज अनि ग्रेप्स अफ र्याथको कुरा गरेको सुन्छु तर ट्राभल्स विथ चार्लीको सरलताले मलाइ सधै तान्छ। कर्ट भोनेगट मेरा अर्का प्रिय लेखक हुन्। दोश्रो विस्वो युद्धको त्रासदीलाइ "ह्युमरसली" पन्नामा उतार्ने उनको सिपको म ठुलो फ्यान हु।
कुनै समय म मलाइ आफै त थाहा थिएन तर अहिले फर्केर हेर्दा पक्कै पनि त्यो समय म डिप्रेस्ड रैछु भनेर बुझ्छु। त्यो समयको मेरो साथि चाइ एन्तोन चेकोभका किताव हुन्थे।
किन हो कुन्नि चेकोभ आफ्ना पात्रलाई येति धेरै दुखबाट हिडाउथे कि मलाइ आफ्नै दुख त केहि हैन जस्तो लागेर आफैले आफैलाई सान्त्वना दिन्थे। चेकोभ लगत्तै फ्र्यांज काफ्का पढ्न थाले।
टाइमिङ्ग ठिक हैन जस्तो लाग्यो अनि मार्केज पढ्न थाले। मार्खेजका किताबले अर्कै संसारमा पुरायो। एक दिन लभ इन द टाइम अफ कोलेरा पढ्दै थिए एकजना कोलम्बियन साथीले तोइट गाबो पनि अंग्रेजीमा पढ्छन।
स्प्यानिश सिक अनि स्प्यानिश मा पढ्न पर्छ एसको रस पाउन भनेर उचाल्यो। अनि स्प्यानिश सिक्न थालियो। स्प्यानिश सिक्न सबैभन्दा सजिलो स्पानिश गर्लफ्रेन्ड भयो भने हुञ्छ भन्ने अर्को साथीको सुझावमा स्प्यानिश गर्लफ्रेन्ड पनि जीवनमा आउनु भो।
पीरोबलम कहा निर भयो भने "इभि" शेक्सपियरको फ्यान। उनको परिवार क्युबाबाट क्यास्ट्रोको कारण धपाइएका भएर यी मुला मार्खेज नेरुदा जस्ता लेफ्टिस्ट लेखकहरुका कट्टर बिरोधि। छ महिनाको संगतमा शेकस्पियर पनि मजाले पचाइयो।
एकदिन हाम्रो ब्रेकअपको दिन मा उसले उसको नया केटा साथीको नाम "बाइरन" भन्दा मैले खाइ रहेको मेरो कफीनै सर्केको थियो। बाइरन भन्दा व्हाइट नेम अर्को हुने सक्थेन अनि यो साथि चाइ कालो जातिको थियो। इन्ग्लिश लिटरेचरसंगको उसको अब्सेसन अचम्मको थियो।
ब्रिटिश लेखकमा शेक्सपियर जति नै बाबाल भए पनि मेरो लागि अस्कर वाइल्ड जति भर्साटाइल लेखक कोहि लाग्थेन। एमिली ब्रोण्टे , जेन अस्टिन पनि मन नपर्ने त हैन तर वाइल्डका पात्रहरुम उनको आफ्नो जस्तै स्वच्छन्दता "इण्डियरिङ्ग" लाग्थ्यो।
नेपाली लेखकको सन्धर्वमा चाइ मलाइ सायद मन नपर्ने कोहि पनि छैन होला।
लेखनाथ पौडेल , वाल कृष्ण सम , माधव प्रसाद घिमिरे , बि पी , बानिरा गिरि , बिजय मल्ल , ध्रुव चन्द्र गौतम , धनुष चन्द्र गौतम , धुस्या सायमी , पारिजात , दौलत बिक्रम विस्ट , लैन सिंह बांग्देल , गोविन्द अधिकारि , इन्द्र बहादुर राइ, खगेन्द्र संग्रौला लगायत सबै मन पर्छ।
५० साल तिर हो बाजुरा जाने क्रममा फ्लाइट नभएर नेपालगंज एक हप्ता जति बसियो। नेपालगंजको कुना कुना घुमियो एकजना मामा संग। उहाले रिक्सामा गगन गंज पनि एक राउण्ड देखाइदिनुभो रिक्शाबाट। अनि जब लु पढ़ेनी लगभग २०-२२ साल बाद। @NayanRajPandey को त सुपर फ्यान भै हालियो।
सरुभक्त आफ्नै स्कुलको सिनियर। आफ्नै गाउको दाइ। हामि स्कुलमा हुदै उहा ठुलो लेखक भै सक्नु भाथ्यो। पागल बस्ति तेती बेलै बुझी नबुझी पढियो। तर पछिल्लो पढाई मेरो लागि "आइ ओपनर" थियो। तै पनि दाइको चुली मलाई सबैभन्दा मन पर्छ।
मैले धेरै समय कर्णाली ब्लुज पढिन। मलाइ त्यसको विषयवस्तु के हो भन्ने सुनेको थिए। आफु पनि पिता गुमाएको भएर त्यो पढ्न खासै रुचि जागेन धेरै समय। एकदिन आमाले मलाइ कृष्ण धारावासी र बुद्धिसागरको किताव ल्याइदे पढ्छु भन्नु भो।
भन्न त त्यो ताल मिचुवा कर्ण शाक्यको नि भन्नु भाथ्यो। त्यस्तो फटाहाको पढ्न हुन्न्न भनेर ल्याइदियिन। पछि एकजना & #39;आण्ट्रप्रुनर& #39; ज्वाईले दिएछन, अहिलेसम्म गालि खान्छन। कोर्चोन ( अहिलेको फेमस मर्दी भ्यु पोइण्ट को अपोजिट ) मा एक बिहान कर्णाली ब्लुज खोलेको थिए।
त्यो किताव पढेर म रोए। सायद मेरो आफ्नो बुवाको अन्तिम समयमा संगै हुन नसक्नुको पिडा थियो त्यो। तर मैले @buddhisagar लाइ माने। हाम्रो समयको उत्क्रिसठ लेखक हो। मेरो साथि हो।
Happy World Book Day, 2021
You can follow @sarojpkr.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled: